०६ माघ २०७७
बालविवाह गराउने अभिभावक र बेहुलाबेहुली पक्राउ
December 18, 2020
1:31 pm

उदयपुर, ३ मंसिर-उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्कासहित बेहुला बेहुली पक्राउ परेका हुन् ।

गत १९ मङ्सिरमा अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि प्रहरीमा निवेदन परेका कारण बिहीबार अभिावकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

राधा खड्काकी १६ वर्षीया छोरी र पुष्प कोइरालाका २३ वर्षीया छोराबीच लुकीछिपी विवाह भएको प्रहरीले बताएको छ । त्यसैगरी भागेर मन्दिरमा गई आफैँले सिन्दुर पोते गरेर बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भागेर आफूखुशी बालविवाह गर्ने जोडी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ सुकौराकी १६ वर्षीया  किशोरी र अर्का उदयपुर गढी गाउँपालिका–६ भुमरेको १८ वर्षीया किशोर रहेका छन् ।

दुवै जोडीले गत २८ मङ्सिरमा गाउँकै एक मन्दिरमा गएर विवाह गरेपछि उदयपुर गढीको वडा नं ६ स्थित नेपालटार बजारमा बेहुलाका दिदी सुनिता फुँयालको घरमा लुकीछिपी बस्दै आएका थिए । पक्राउ परेका बालविवाहका जोडीलाई प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

लेटाङका पाँच सहकारीबिच एकिकरण
गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन
नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित
पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा
प्रहरी निरिक्षक ‘नायक’ भए सर्वोउत्कृष्ट प्रहरी
सुनसरीको सिमरियामा दुर्घटना, तीन जनाको मृत्यु
प्रदेश १ : नेकपाको आधिकारिक विभाजनपछि मात्रै कसलाई सघाउने भन्नेबारे कांग्रेसले निर्णय लिने
प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, बुधबार फेरि सुनुवाइ
झापा र मोरङबाट ब्राउनसुगरसहित ८ जना पक्राउ
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net