०७ माघ २०७७
घरेलु तथा सना उद्योग महासंघ मोरङको अधिवेशन मंसिर २९ गते, युवा नेतृत्व चयन हुने सम्भावना
December 8, 2020
1:52 am

विराटनगर, २३ मंसिर–आगामी मंसिर २९ गते विराटनगरमा हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र पारिएको छ । विराटनगर बरगाछीस्थित इन्द्रेणी पार्टी प्यालेसमा हुने महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेलाको तयारी तीब्र पारिएको हो ।

तीन/तीन वर्षमा हुँदै आएको अधिवेशन यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ८ महिना ढिलो गरि हुन लागेको हो । गत ८ मंसिरमा बसेको महासंघ मोरङको कार्यसमिति बैठकले जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको जिल्ला भेला स्वास्थ्य मापदण्ड पालना गर्दै मंसिर २९ गते गर्ने निर्णय गरेको थियो ।

अधिवेशनमा मोरङ जिल्लाभरिबाट एक सय जना बढी प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । अधिवेशनले महासंघको कार्यसमितिका लागि २२ जना र महिला उद्यम समितिका लागी १७ जनाको कार्यसमिति चयन गर्ने महासचिव गोपाल काफ्लेले जानकारी दिए । उनका अनुसार महासंघ मोरङमा ५ सय बढी उद्यमीहरु संगठित रहेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको कार्यकाल गत चैत महिनामै समाप्त भएको थियो । कोरोना महामारीका कारण केही ढिलाई भएपनि आवश्यक सुरक्षा र सर्तकताका साथ अधिवेशनकै दिन नयाँ नेतृत्व समेत चयन हुने छ । यसपटकको अधिवेशनबाट युवा नेतृत्व चयन हुने सम्भावना रहेको छ । सोही कारण अधिवेशनका लागि जिल्लाभरीका उद्यमीहरु उत्साहित भएका छन् । युवा नेतृत्वले महासंघको चौतर्फी विकासमा दिर्घकालिन टेवा पुर्याउनले भएकाले उद्यमीहरुले यसपटक युवा नेतृत्व चयन गर्न चाहेको देखिन्छ ।

महासंघ मोरङका उपाध्यक्ष चेतन निरौलाले अधिवेशनको सम्पूर्ण तयारी तीब्र पारिएको बताए । उनले अधिवेशनका लागि सदस्यता नविकरण तथा उद्यमीहरुलाई संगठित हुन आव्हान गरेका छन् । उनले लघु, घरेलु तथा साना उद्योगीका समस्या तथा आवाज बुलन्द गर्ने सो महासंघमा जिल्लाभरीका उद्यमीहरुलाई सदस्यता लिएर संगठित हुन आग्रह गरेका छन् ।

उपाध्यक्ष निरौलाका अनुसार देशका ७७ वटा जिल्ला, सवै प्रदेश तथा विभिन्न स्थानीयतहहरुमा महासंघका शाखा रहेका छन् । उनले माहासंघ मोरङले हालसम्म जिल्ला ७ स्थानीयतहमा इकाईसमेत गठन गरिसकेको र अव सवै स्थानीय तहमा गर्ने योजना रहेको जानकारी दिए ।

उनले महासंघले उद्यमीहरुको हक अधिकारका लागि पैरवी गर्ने मात्र नभई उद्यमीहरुका समस्या समाधानका लागि पनि अगुवाई गर्दै आइरहेको बताए । ‘एक्ला एक्लै जाँदा कहिँ कतै हाम्रो आवाज सुनिदैन । तर महासंघले उद्यमीहरुको आवाज बुलन्द गर्ने भएकाले हामी सवै उद्यमीले संगठित हुन जरुरी छ ।’ उनले भने,‘त्यसैले सवै उद्यमीलाई सदस्यता लिएर संगठित हुन हाम्रो आग्रह छ ।’

उपाध्यक्ष निरौलाका अनुसार अधिवेशनमा जिल्ला भरिका लघु तथा घरेलु महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तु तथा सामाग्रीहरुको प्रर्दशनीसमेत हुने छ । अधिवेशनमा अर्गानिक चिया, मह, ताजा तरकारी तथा फलफुल, च्याउ, किवी, लत्ताकपडा, ढाकाका उत्पादन, जुत्ताचप्पल लगायत घरेलु तथा सना उद्योगका उत्पादनहरुको प्रर्दशनी हुने उपाध्यक्ष निरौलाले जानकारी दिए ।

लेटाङका पाँच सहकारीबिच एकिकरण
गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन
नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित
पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा
प्रहरी निरिक्षक ‘नायक’ भए सर्वोउत्कृष्ट प्रहरी
सुनसरीको सिमरियामा दुर्घटना, तीन जनाको मृत्यु
प्रदेश १ : नेकपाको आधिकारिक विभाजनपछि मात्रै कसलाई सघाउने भन्नेबारे कांग्रेसले निर्णय लिने
प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, बुधबार फेरि सुनुवाइ
झापा र मोरङबाट ब्राउनसुगरसहित ८ जना पक्राउ
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net