०७ माघ २०७७
वडाध्यक्ष राईले सार्बजनिक गरे आफ्नो पहलकदमीमा भएका कामहरु
विराट टाईम्स संवाददाता
November 12, 2020
12:58 am

वडामा रु ४१ करोड ५७ लाखको योजना तथा कार्यक्रम

विराटनगर, २६ कात्तिक–उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका–१ का वडाध्यक्ष नरबहादुर राईले आफ्नो पहलकदमीमा वडामा सम्पन्न भएका कामको कार्यप्रगती विवरण सार्बजनिक गरेका छन् । मिक्लाजुङ–१ का वडाध्यक्ष राईले वडाध्यक्षका रुपमा आफ्नो पहलकदमीमा वडामा संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट सञ्चालीत योजना तथा कार्यक्रमहरुका बारेमा औपचारीक रुपमा सार्बजनिक गरेका हुन् ।

वडाध्यक्ष राईले आफुले प्रतिनिधित्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङलाईसमेत औपचारीक रुपमा पत्र लेख्दै तीन वर्षमा आफ्नो पहलकदमीमा संघिय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट सञ्चालीत योजना तथा कार्यक्रमको बारेमा औपचारीकरुपमै जानकारी गराएका हुन् ।

जनप्रतिनिधिहरु जनताप्रति जवाफदेही, जनउत्तरदायी बन्न जरुरी रहेको भन्दै वडाबासीको सुचनाको हकलाई सम्मान गर्दै वडाध्यक्ष राईले आफ्नो पहलकदमीमा आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म भएका कामहरु सार्बजनिक गर्दै त्यसको विवरण पार्टीलाईसमेत बुझाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थानीय नेता समेत रहेका वडाध्यक्ष राईले आफ्नो पहलकदमीमा वडामा भएका काम र त्यसको प्रगतीका बारेमा सार्बजनिक गरेका हुन् । उनले सो को विवरण नेकपा मोरङ, पार्टीको मिक्लाजुङ गाउँ कमिटी र १ नं. वडा कमिटीलाईसमेत एक/एक प्रति बुझाएका छन् । वडाध्यक्ष राईले वडाको पहलकदमीमा संघ, प्रदेश र स्थानीयतहबाट तीन आर्थिक वर्ष भित्रमा वडामा कुल ४१ करोड ५६ लाख ९० हजार रुपैयाँ बराबरका योजना र कार्यक्रम सञ्चालन भएको उल्लेख गरेका छन् ।

मिक्लाजुङ वडा नं. १ विकासको गतिमा अघि बढ्दै
मिक्लाजुङ गाउँपालिका वडा नं. १ विकासको गतिमा अघि बढेको छ । विकासप्रेमी वडाध्यक्ष पाएपछि सो वडाले क्रमश मुहार फेर्दै गएको छ । विकासका लागि निरन्तर पहलकदमीमा अग्रसर वडाध्यक्ष राईले आफ्नो कार्यकालमा वडालाई समृद्ध बनाउने अभियानमा जुटेका छन् ।

भौगोलिक रुपमा विकट भएपनि कृषि उत्पादन र पशस्त सम्भावना बोकेको मिक्लाजुङ वडा नं. १ आफैमा पर्यटनका हिसाबले पनि समृद्ध छ । वडाध्यक्ष राईसहितका जनप्रतिनिधिहरु निर्वाचित भएर आएदेखि स्थानीयमा विकासप्रतीको आश जागेको छ । वडाध्यक्ष राईकै सकृयता र पहलकदमीमा वडामा पहल अनुसारको बजेट परेको छ भने काम पनि सोहि गतिमा अघि बढेको स्थानीयले अनुभूती गरेका छन् ।

निर्वाचनमा वडाबासी माझ गरेको प्रतिवद्धता बमोजिम वडाध्यक्ष राईले वडाको विकास निर्माणलाई अघि बढाएका छन् । वडाध्यक्ष राईले निर्वाचित भएर जनप्रतिनिधिहरु आएपछि हालसम्म भएका कामले जनताले घर आँगनमा सरकार छ भन्ने कुराको अनुभूती गरेको दावी गरेका छन् । उनी आफ्नो कार्यकालमा वडाबासीले सम्झन लायक काम गर्ने अठोटका साथ वडाको चौतर्फी विकासमा लागि परेका छन् ।

वडाध्यक्ष राईले पार्टीलाई बुझाए विवरण
वडाध्यक्ष राईले वडाको पहलकदमीमा भएका कामहरु कार्यप्रगती विवरणसहितको जानकारी पत्र नेकपा मोरङलाई बुझाएका छन् । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेललाई वडाध्यक्ष राईले कार्यप्रगतिसहितको विवरण पार्टीलाई बुझाएको जानकारी दिए ।

उनले जनप्रतिनिधिहरु जनताप्रति जनउत्तरदायी हुनुपर्ने पार्टीको नीति र निर्देशन बमोजिम पार्टीबाट निर्वाचित जनप्रतिनिधिहहरुले आफ्नो पहलकदमीमा वडामा भएका कामबारे पार्टी र जनतालाई औपचारीक रुपमा जानकारी गराइरहेको बताए।

हालसम्म १५ जनाले बुझाए कार्य प्रगति विवरण
पार्टीले निर्देशन दिएको करिब ७ महिना बढी समय भएपनि अहिलेसम्म १५ जना जनप्रतिनिधिहरुले विवरण बुझाएको अध्यक्ष पोखरेलले बताए । अध्यक्ष पोखरेलका अनुसार हालसम्म मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, क्षेत्र नं. ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डित, क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य राजकुमार ओझा, रतुवामाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दकुमार चापागाइ, वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल, लेटाङ नगरपालिका–९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेल, लेटाङ नगरपालिका–५ का वडाध्यक्ष भुमबहादुर सुर्य मगर, लेटाङ–१ का वडाध्यक्ष विष्णुकुमार मगर, लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, सुनवर्षी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर भट्टराई, सुनवर्षी नगरपालिका–४ का वडाध्यक्ष श्रवणकुमार राजवंशी, मिक्लाजुङ गाउँपालिका–८ का वडाध्यक्ष नगिन्द्र कार्की(नविन), मिक्लाजुङ–७ का वडाध्यक्ष शुशिलराज चौहान, मिक्लाजुङ वडा नं. ४ का वडाध्यक्ष बुद्धिमान लिम्बु, र मिक्लाजुङ वडा नं. १ का वडाध्यक्ष नरबहादुर राईले आफ्नो पहलकदमीमा भएका कामहरु सार्बजनिक गरि त्यसको विवरण पार्टीलाई बुझाइसकेको जानकारी दिए ।

अध्यक्ष पोखरेलले अन्य जनप्रतिनिधिहरुले पनि क्रमश संघिय, प्रदेश सरकार र स्थानीयतहबाट आफ्नो पहलकदमीमा भएका कामहरु सार्बजनिक गर्दै त्यसको विवरण बुझाउने क्रम जारी रहेको बताए । उनले जिल्लामा नेकपाबाट निर्वाचित वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर, उपमेयर, प्रदेश तथा संघिय सांसदलगायत सवै जनप्रतिनिधिहरुलाई यसरीनै यथासिघ्र सार्बजनिक गर्दै त्यसको विवरण पार्टीलाई बुझाई जनउत्तरदायी बन्न आग्रह गरेका छन् ।

हेर्नुहोस् वडाध्यक्ष राईको पहलकदमीमा मिक्लाजुङ–१ मा भएका काम
योजना तथा कार्यक्रमको विवरण
आर्थिक वर्ष २०७४/०७५ मा रु १ करोड ६७ लाख का योजना तथा कार्यक्रम
१. कफि खेती रु १ लाख ६ हजार
२.च्याउ खेती रु १ लाख ६ हजार
३. विद्युत विस्तार रु २ लाख
४. जौँबारी काठेपुल निर्माण रु ३ लाख
५. सानो खोला गाउँ बाइसे सडक रु ३ लाख
६. कमरा खोलेङ्गा सडक रु ४ लाख ५० हजार
७. बाँसविरे खाम्सिला सडक रु २ लाख
८. बुधबारे विहिटार सडक सडक मर्मत रु ५ लाख
९. साँघुरी भञ्ज्याङ मान्द्रे सडक रु ३ लाख
१०. ना स के भवन निर्माण रु ३ लाख
११. धुर्पा तेर्से गोगने सडक रु ५ लाख
१२. माहाभारत आधारभूत विद्यालय शौचालय रु १ लाख ५० हजार
१३. साजबोटे चुली सडक रु ४ लाख ५० हजार
१४. रातेलोला खानेपानी योजना रु ३० हजार
१५. महिला समुदायीक अधुरो भवन रु १ लाख ८ हजार
१६. सुके आहाल जलुकेनी सडक रु १ लाख
१७. बतासे देउराली सानो सफेवा सडक रु ५ लाख
१८. रचने सहलपुर खानेपानी मर्मत रु २ लाख
१९. लेखडाँडा खेल मैदान निर्माण रु १ लाख
२०. सोलार मिनिग्रीड रु ६ लाख
२१. साकेलाथान निर्माण रु ३ लाख
२२. खेलकुद कार्यक्रम रु १ लाख
२३. कोलबोटे गाउँघर क्लिनिक निर्माण रु ५० हजार
२४ पशुपालन कार्यक्रम रु ५० हजार
२५.वडा कार्यालय भवन थप रु ५० लाख
२६. टाँडी रमिते सडक गौरव रु ३० लाख
२७. टाँडी रमिते सडक मर्मत रु ७ लाख
२८. राष्ट्रपति चुरे संरक्षण रु २० लाख (संघ)
आर्थिक वर्ष २०७५/०७६ मा रु १ करोड ३८ लाखका योजना तथा कार्यक्रम
१. धुर्पा तेर्से गोगने सडक रु ५ लाख
२. ना स के भवन अधुरो रु १ लाख ५० हजार
३. साँघुरी भञ्ज्याङ मान्द्रे सडक रु २ लाख
४. रचने खानेपानी योजना रु ३ लाख
५. बतासे देउराली सडक रु १ लाख ५० हजार
६. लावाटार खानेपानी मर्मत रु १ लाख
७. साम्बाखोला पेल्टिसेट मर्मत रु २ लाख
८. खोलेंखा मकरा अधुरो सडक रु ११ लाख
९. बुधबारे सार्बजनिक शौचालय रु २ लाख
१०. खोलागाउँ बाइसे सडक रु ३ लाख
११. सुके आहाल जलुकेनि सडक रु रु २ लाख
१२. चर्च मर्मत रु १ लाख
१३. कृषि तथा पशु रु ३ लाख
१४. खेलकुद रु १ लाख ५० हजार
१५. विपद व्यवस्थापन रु ५ लाख ५० हजार
१६. आइतबारे कोलबोटे सोताङ सडक रु रु २० लाख (सांसद विकास कोष)
१७. च्याउ खेती क्यामुने रु १्र० लाख (गाउँपालिका साझेदारी)
१८. गाउँघर क्लिनिक निर्माण रु ३ लाख
१९. बृहत खानेपानी आयोजना रु २५ लाख (संघिय सरकार)
२० लावाखोला पुल सोयल टेस्ट रु ३५ लाख (प्रदेश सरकार)
आर्थिक वर्ष २०७६/०७७ मा रु १ करोड ९४ लाख ९० हजारको योजना तथा कार्यक्रम
१. गोगने धुर्पा चारघरे सडक रु १० लाख
२. मलिबासे डाँडागाउँ सडक रु १ लाख ५० हजार
३. गोगने कालिखोला सडक रु २ लाख ५० हजार
४.गुम्बा निर्माणस्थल सम्याइएको रु २ लाख ५० हजार
५. साँघुरी भञ्ज्याङ मान्द्रे सडक रु ३ लाख
६. किराँत संग्राहलय भवन निर्माण रु ८ लाख
७. सानो सफेवा सुजने सडक रु २ लाख
८. बिहिटार साजबोटे सडक रु २० लाख
९. मकरा खोलेंखा साम्पाङटोल सडक रु ३ लाख
१०ं. गुराँसेटार खेल मैदान रु ४ लाख
११. सिस्नेरी कोलबोटे चर्च रु २ लाख
१२. जौँबारी गुम्बा निर्माण रु २ लाख
१३. कृषि तथा इ एम मल रु ३ लाख
१४. कार्यालय सञ्चालन तथा व्यवस्थापन रु ३ लाख
१५. लेखडाँडा छिँडिभञ्ज्याङ रातेखोला सडक रु १ लाख ५० हजार
१६. फुसको छानो प्रतिस्थापन रु ६३ लाख
१७. गाउँघर क्लिनक शौचालय निर्माण रु ४ लाख
१८. बतासे मन्दिर, साकेलाथान रु ५ लाख
१९. आइतबारे धुर्पा बाइसे सडक रु (सांसद विकास कोष) रु २८ लाख
२०. रमिते मिक्लाजुङ सडक रु २१ लाख ९० हजार (प्रदेश सरकार) रु
२१. प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रु ५ लाख
सम्पन्न हुने चरणमा रहेका विभिन्न ठुला योजनाहरु
१. बृहत रमिते खानेपानी रु २ करोड १६ लाख (बहुवर्षे योजना)
२. किसान चो–टाँडी–रमिते–रवी सडक अन्तर्गत मिक्लाजुङ वडा नं. १ सडक खण्ड रु २७ करोड
३. विद्युत विस्तार रु ६ करोड ८० लाख
४. बाख्रा पालन रु १० लाख
५. प्रदेश ज्ञानकेन्दबाट्र कफि खेती रु १६ लाख
७. प्रदेश ज्ञानकेन्द्र अदुवा मिसन कार्यक्रम रु १० लाख
८. पशुपालन व्यवसाय रु २५ लाख

लेटाङका पाँच सहकारीबिच एकिकरण
गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन
नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित
पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा
प्रहरी निरिक्षक ‘नायक’ भए सर्वोउत्कृष्ट प्रहरी
सुनसरीको सिमरियामा दुर्घटना, तीन जनाको मृत्यु
प्रदेश १ : नेकपाको आधिकारिक विभाजनपछि मात्रै कसलाई सघाउने भन्नेबारे कांग्रेसले निर्णय लिने
प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, बुधबार फेरि सुनुवाइ
झापा र मोरङबाट ब्राउनसुगरसहित ८ जना पक्राउ
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net