रूपन्देही, १९ भदौ-बुटवलको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका- ८ का ७८ वर्षीय पुरुष हुन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ४ भदौमा अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको हो ।
संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । योसँगै धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।