पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई मन्त्रिपरिषदको बैठकले राजस्व बाेर्डको सदस्यमा नियुक्त गरे पनि वाणिज्य बैंकको अध्यक्षमा डा. कोइरालालाई नियुक्त गरिएको हो ।
यसअघि उनी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति थिए । तर, विश्वविद्यालयमा आर्थिक हिनामिना धेरै भएपछि उनलाई प्रवेशमै रोक लगाइएको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए ।
लामो समयदेखि विवादित रहेका डा. कोइरालालाई अध्यक्ष बनाइएकोमा धेरैले विरोध जनाइरहेका छन् । डा. कोइराला उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी हुन् ।