०६ माघ २०७७
लकडाउनमा तस्करीको मुख्य नाका बन्यो रतुवामाई, जनप्रतिनिधिनै संलग्न
August 19, 2020
12:58 am
गत फागुनमा तस्करीमा प्रयोग भएको वडा सदस्य मियाँको ट्याक्टर र प्रहरीले बरामद गरेको चिनी ।

विराटनगर, २ भदौ–विश्वव्यापि महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रमा विषेश कडाइ गरिएको भएपनि सीमा वारीपारि र तस्करी गर्ने काममा निर्वाचित जनप्रतिनिधिनै संलग्न हुँदै आएको खुलासा भएको छ ।

सीमा क्षेत्रमा प्रहरीले विषेश कडाई गरेपनि प्रहरीको आँखा छलेर जनप्रतिनिधिहरुलेनै तस्करी गर्ने गरेको खुलासा भएको हो । यतिबेला निर्वाचित जनप्रतिनिधिलेनै रतुवामाई नगरपालिको सीमा क्षेत्रलाई तस्करीको मुख्य नाका बनाएको पाइएको छ । जनप्रतिनिधिहरुकै संलग्नतामा तस्करी गर्नेहरुका कारण कोरोना संक्रमण फैलने त्रासमा आफुहरु रहेको स्थानीयको गुनासो छ ।

रतुवामाई नगरपालिकाले आगामी भदौ १० गतेसम्मका लागि नगरमा लकडाउनको घोषणा गरेका छ । तर, लकडाउन कार्यान्वयन गर्नुपर्ने वडाकै जनप्रतिनिधि भने सोही मौकामा तस्करी गर्दै मोटो रकम कमाउने धन्दामा लागेका छन् ।

भारतबाट आउने व्यक्तिहरुबाट समुदायमा कोरोना भाईरस कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएकोबेला दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधि तस्करीमा संलग्न हुँदै आएका छन् । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत बनेका मो.सदिर मियाँले आफु जनप्रतिनिधि भएको फाइदा उठाउँदै र पदको दुरुपयोग गर्दै ठुलो मात्रामा तस्करी गर्ने गरेको खुलासा भएको हो ।

नगरपालिकाले घोषणा गरेको लकडाउन जारी रहेकैबेला तस्करी गर्दै गरेको अवस्थामा रतुवामाई–१ स्थित कल्याणपुरबाट स्थानीयले ट्याक्टर नियन्त्रणमा लिएपछि लामो समयदेखि सीमामा काँटा सञ्चालन गर्दै आएका वडा सदस्य मियाँले आफ्नै ट्रयाक्टर र सवारी साधानमा अवैधरुपमा मालसामानको तस्करी गर्ने गरेको खुलेको हो ।

सोमबार राती ११ बजे रतुवामाई नगरपालिका–१ कल्याणपुमा सरस्वती माध्यामिक विद्यालय अगाडी को १ त ६००१ नं. को ट्याक्टरमा एक सय बोरा चामल लोड गरेर रोकि राखेको अवस्थामा स्थानीयले देखेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

स्थानीयका अनुसार सिमा क्षेत्रका व्यपारी समेत रहेका वडा सदस्य मियाँकै ट्याक्टर तस्करीमा प्रयोग भएको हो । अवैधरुपमा भारतीय चामल बोकेको ट्याक्टर रोकि राखेको देखेर स्थानीयले नियन्त्रणमा लिएपछि चालक फरार भएका थिए ।

अवैधरुपमा उर्लाबारी तर्फ लैजाँदै गरेको चामल र ट्याक्टर नियन्त्रणमा लिएर स्थानीयले इलाका प्रहरी कार्यालय सिजुवालाई बुझाएको प्रहरी निरिक्षक मोहन रायमाझिले जानकारी दिए । ‘अवैधरुपमा भारतबाट ल्याइएको चामल स्थानीयवासीलेनै नियन्त्रणमा लिएर हामीलाई बुझाउनु भएको हो । ट्याक्टरका चालक फरार छन्’ उनले भने,‘आजै हामीले चामल र ट्याक्टर आवश्यक कारवाहीका लागि विराटनगर भन्सारलाई बुझाएका छौँ ।’ प्रहरीको अनुसन्धान बाट समेत सो ट्याक्टर वडा सदस्य मियाँकै भएको खुलेको छ । वडा सदस्य मियाँको अवैध चामलसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएपछि उनी अहिले फरार रहेका छन् ।

वडा सदस्य मियाँको धन्दाः ६ महिना अघि जुटको बोरामा धान भन्दै तस्करी
वडा सदस्य मियाँ सीमाका व्यपारी तथा काँटा सञ्चालक हुन् । यस अघि गएको फागुन १८ गते पनि वडा सदस्य मियाँकै ट्याक्टरमा भारतबाट अवैधरुपमा ल्याएर ५० बोरा चिनि उर्लाबारी तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जुटको बोराभित्र हालेर धानजस्तै देखिनेगरि ५० बोरा चिनि लैजाँदै गरेको अवस्थामा रतुवामाई–१० टालिभट्टाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त समयमा चिनि ओसार्न प्रयोग भएको मे १ त ६४६४ नं. ट्याक्टर नियन्त्रणमा लिएर विराटनगर भन्सारलाई बुझाएको थियो । वडा सदस्य मियाँकै सो ट्याक्टर अझै कारवाही प्रकृयामै रहेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षण रायमाझीले बताए ।

स्थानीयका अनुसार प्रहरीलाई झुक्याएर वडा सदस्य मियाँले दैनिक आफ्नै ट्याक्टरमा भारतबाट विभिन्न वस्तु अवैध रुपमा नियमित नेपाल भित्रयाएर उर्लाबारी, पथरी, इटहरी, धरान, दमकलगायत पूर्वका विभिन्न स्थानमा पु¥याउँदै आएका छन् ।

सीमामा कडाई गरिएपनि जनप्रतिनिधिकै संलग्नतामा भारतबाट अवैधरुपमा तस्करी र मानिसहरु लुकिछिपि नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सो क्षेत्रमा समुदायमा कोरोना संक्रमणको त्रास बढेको स्थानीय नारायण ताजपुरीयाले बताए ।

उनले रतुवामाई नगरपालिकाका मेयर स्वयँलेनै तस्करीमा सलंग्नहरुको बचाउ गर्दै आएकाले कारबाहीको माग गरे । ‘पटक पटक जनप्रतिनिधिले तस्करी गरेको रंगेहात फेला परेको छ । तर, मेयर साबनै बचाउमा लाग्दै आउनुभएको छ । दिन प्रतिदिन तस्करकै कारण कोरोना संक्रमण फैलिने जोखिम बढेपनि मेयर स्वयम् बचाउमा लागेको देखिन्छ ।’ उनले भने,‘मेयरले आफ्नो गल्तिप्रति माफि माग्नुपर्छ कि त मेयरलाई बर्खास्तनै गर्नुपर्छ ।’

मेयर राई भन्छन् : ‘नेपालकै चामल’
उता वडा सदस्य मियाँसँग पटक पटक सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन । यता रतुवामाई नगरपालिकाका मेयर रविन राईले भने वडा सदस्य मियाँको बचाउ गरेका छन् । उनले भारतबाट ल्याइएको चामल नभएर नेपाल तर्फकै भएको दावी गरे । ‘पहिले सामान ल्याएको हुनसक्छ । वा के थियो थाहा भएन । तर, अहिले नेपालकै चामल भएपनि प्रहरीले अनावश्यकरुपमा नियन्त्रणमा लिएको छ । यसो गर्नु गलत हो ।’ उनले भने,‘पहिले गरेको भन्दैमा अहिले पनि तस्करी गरेको भन्नु त भएन नि ।’

स्थानीय भन्छन् : वडासदस्यकै संलग्नतामा दैनिक तस्करी
मेयर राईले नेपालकै चामल भएको बताएपनि स्थानीयले भने वडा सदस्यकै संलग्नतामा नियमित तस्करी हुँदै आएको दावी गरेका छन् । उनीहरुले वडा सदस्यले पदको दुरुपयोग गर्दै गस्तिमा रहेको ससस्त्र र नेपाल प्रहरीको आँखामा छारोहाल्दै तस्करी गर्ने गरेको आरोप लगाए ।

सोनापुरका एक स्थानीयले वडा सदस्य मियाँकै संलग्नतामा मध्य राती र बिहान झिसमिसेमा बढी तस्करी हुने गरेको बताए । ‘जहिल्यै राती ११÷१२ बजे र एकाविहानै ट्याक्टरमा सामान ओसार्ने गरेका छन् । सामान ओसार्ने सवै गाडी वडा सदस्यकै हुन्छ । केही महिना पहिले त धानको बोरोले छोपेर फिल्मि शैलिमा जुटको बोराभित्र धान भन्दै चिनि ओसार्दै गरेको भेटिएको थियो । चिनि बोकेको ट्याक्टर दुर्घटना भएपछि मात्र यो कुराको खुलासा भएको थियो’ एक स्थानीयले भने,‘ हामी किसानले भने मलसमेत ल्याउन सकेका छैनौँ । तरस्करहरुले प्रहरी प्रशासनको आँखा छलेर ट्रक का ट्रक मालसामान आसारी रहेका छन् ।’

प्रहरी निरिक्षक रायमाझिको सकृयताले रतुवामाईमा तस्करी नियन्त्रण
त्यसो त स्थानीय जनताका बिचमा इमान्दार राष्ट्रसेवकको छवि बनाएका इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक सरुवा भएर आउनेवित्तिकै देखि अवैध चोरी निकासी पैठारी ठप्प पारेका छन् । स्थानीयका अनुसार कुनैपनि प्रलोभनमा नपर्ने प्रहरी निरिक्षक रायमाझि गलत गतिविधि र सीमामा चोरी निकासी पैठारी गर्नेविरुद्ध खरो उत्रने गरेका छन् ।

नगरमा शान्ति सुरक्षा कायम र कोरोना रोकथाम तथा नियन्त्रणमा प्रहरी निरिक्षक रायमाझिले महत्वपूर्ण भूमिका निभाउँदै आएकोमा स्थानीय जनता खुशि छन् । तर, नगरमा गलत गतिविधि गर्ने, तस्करीमै संलग्न जनप्रतिनिधि र अन्य तस्करहरुका लागि भने प्रहरी निरिक्षक रायमाझि ‘घाँडो’ भएका छन् । स्थानीयका अनुसार प्रहरी निरिक्षक रायमाझिले चोरी निकासी पैठारी पूर्णरुपमा नियन्त्रण गर्न खोजेको देकिन्छ तर, लुकिछिपि अहिले पनि तस्करी भइरहेको छ ।

मध्यराती र एकाबिहानै तस्करी
रतुवामाईमा मात्र नभई अन्य सीमा नाकामा समेत तस्करको समुह सकृय रहेको छ । सीमावर्ती मोरङका महादेवा, मmुर्किया, सोनापुर, बरडंगा, सिक्टी, आमगाछी, रंगेली, धनपालथान, जहदा लगायतका स्थानबाट विषेश गरि राती ११ बजेपछि र विहान ५ बजे अघि सम्म तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

उनीहरुका अनुसार साीमा क्षेत्रका करिब एक दर्जन बढी चोर बाटोबाट सयौँको संख्यामा तस्करहरुले माल सामान ओसार्ने गर्छन् । उनीहरु एकै दिनमा तीन पटक भन्दा बढी अवैध मालसामान ओसार पसार गर्न वारी पारि गर्ने गरेको मोरङ सुनवर्षीका ब्रम्हदेव साहले बताए ।

सीमावर्ती स्थानीयका अनुसार तस्करी गर्नेहरुकै कारण नेपालमा दिन प्रतिदिन कोरोना संक्रमणको भयावह अस्था बन्दै गएको छ । उनीहरुले कोरोनाको भयावह अवस्था तस्करहरु र सीमा क्षेत्रहरुबाट लुकिछिपि नेपाल प्रवेश गर्नेहरुका कारणबाट सृजना भएको दावी गरेका छन् ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net