काठमाडौं, ६ असार-गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार राति गरिएको परीक्षणमा गण्डकीका ७ जिल्लाका थप ५८ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा तनहुँका २५, नवलपुरका १६, बागलुङका ८, गोरखाका ५, कास्कीका २, स्याङ्जा र म्याग्दीका १/१ जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ४ सय ३८ पुगेको छ ।