सुर्खेत, ४ असार-कर्णाली प्रदेशमा बिहीबार थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको १२० जनामा कोरोना संक्रमण भेटिएको हो ।
प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८६ जना र सुर्खेतका ३४ जनामा कोरोना संक्रमित फेला परेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२२४ पुगेको छ ।
कर्णाली प्रदेशमा पछिल्लो समय दैलेख महावै गाउँपालिकाको आइसोलेसनमा रहेका ६ जना, सुर्खेतको सालकोट आइसोलेनसनबाट ३ जना, दैलेख अस्पतालबाट १ जना, सुर्खेतको आइसोलेसन सेन्टरबाट १ जना कोरोना जितेर घर फर्किएको प्रमुख डा.तिवारीले बताए । कर्णालीमा हालसम्म कोरोना जितेर घर फर्कने ५०५ जना महाशाखाले जनाएको छ ।
त्यस्तै, सुर्खेतको सिम्ला गाउँपालिका–८ मा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि भएको र कर्णालीमा कारोनाका कारणले ४ जनाको ज्यान गएको प्रमुख डा. तिवारीले बताए ।