इश्वीसम्वत १८६१ मा संयुक्त राष्ट्रसंघले सवै प्रकारका सामाजिक भेदभाव जस्तै– जातीय, रंगीय,लैङ्गिक, अल्पसंख्यक भेदभाव आदि बिरूद अन्तराष्ट्रिय घोषणापत्र जारी गर्यो । तत् पश्चात संयुक्त राष्ट्रसंघमा आवद्ध प्रत्येक देशहरुले आ–आफ्नो देशमा रहेको भेदभावको आँकडा तयार पारी सवै प्रकारका विभेद विरुद्धको कानुन बनाए ।
सदियौँदेखि तथा कथित ठूला जाती भनिनेहरूबाट शोषित र उत्पीडित वर्गलाई माथि उठाउन अलग–अलग तरिकाले आरक्षणको व्यवस्था लागु गरे । नेपालसमेत संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएका कारण नेपालले पनि पिछडिएको वर्गलाई माथि उठाउने प्रयास स्वरूप आरक्षण व्यवस्था गर्यो ।
आरक्षण व्यवस्था नेपाल मात्र हैन विश्वका विकशित, अल्पविकसित, एसिया, युरोप, अमेरिकीलगायत धेरै देशहरूमा लागुभयो । सबै देशहरूले पिछडिएको वर्गलाई विभिन्न स्वरुपमा आरक्षणको व्यवस्था गरे । उदाहरणका रुपमा भन्नुपर्दा नेपालमा दलित, महिला, आदिवासी/जनजाती, अपाङ्ग, लगायतलाई, अमेरिकामा निगुरो वर्गका मानिसलाई, जापानले बुराकुमिन वर्गलाई, क्यानडाले भारतीय अल्पसंख्यक सिखलाई, चिनले महिलालाई, दक्षिण अफ्रिकाले काला जातीलाई, जर्मनीले जिमनशियस प्रणालीलाई, इजरायलमा afrimitive system लाई आरक्षण दिएको छ । उल्लेखित प्रतिनिधि देशहरू मात्र हुन् । अझ भनौँ विश्वका सारा मुलुक आरक्षण व्यवस्था सँगं आबद्ध छन् ।
आरक्षण व्यवस्थाले अमेरिका जस्तो देशमा के कस्ता परिवर्तन भए त ?
अमेरिकी बजारमा करीब सय वर्ष अघि निगुरो जातका काला मानवलाई फलामको रडले बाँधेर भेडा बाख्रा जस्तोगरि बिक्री वितरण गरिन्थ्यो । यहि आरक्षण व्यवस्था लागु भएपछी बजारमा बिक्री वितरण हने काला निगुरो जाती देशको उच्च ओहदा अर्थात् राष्ट्रपतिसम्म बनेका छन् ।
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज वासिङ्टन, बराक ओबामा यहि निगुरो अरक्षण व्यवस्थाकै देन हो । ओपेरा बिनफ्रि मिडिया हस्ती, हलिउडका चर्चित स्टार बिल स्मीथ उदाहरण मात्र हुन् । ती क्षेत्रमा तमाम निगुरोको वर्चश्व छ ।
अमेरिकामा ३० प्रतिशत न्यायलयका न्यायधिस निगुरो छन् । १० प्रतिशत प्रहरी सेवा र ३२ प्रतिशत आर्मीमा काला जातिका निगुरो छन् । अमेरिकीकामा लागु भएको आरक्षण प्रणाली समाजवादी छ । समाजमा रहेका पिछडिएको वर्गलाई समाजका हरेक अंगमा उचित साझेदारीको हिस्सा दिइन्छ ।
समाजका हरेक क्षेत्र जस्तै राजनीतिक, शिक्षा, न्यायपालिका, सिनेमा, युनिभर्सिटी, व्यापार आदी सवै क्षेत्रमा काला निगुरोको उपस्थिती छ । आरक्षणको व्यवस्थाले हाम्रो देश नेपालका पनि धेरै नेपालीहरू अमेरिकाको सरकारी पदमा कार्यरत छ्न ।
अमेरिकी जस्तो देशले त आरक्षण व्यवस्थालाई समान स्वरूप आत्मसात गरेका छन् । सो देशले प्रगति र समुन्नतको बाटो हिडेकै छ । हाम्रो देशमा किन आरक्षण व्यवस्थालाई निकै सानो सोचले हेरिन्छ ? आरक्षण व्यवस्थाले समाजमा रहेको व्याप्त मान्छे–मान्छे बिचको सामाजिक दुरी कमगरी आपनत्व र सामाजिक सदभाव कायम गर्दैछ । (लेखक विराटनगरका दलित अभियान्ता हुन्)