३० श्रावन २०७९
निजी पेट्रोल पम्पलाई हप्तामा १ पटक मात्र आपूर्ति
May 17, 2020
9:39 am

काठमाडौं, ४ वैशाख-लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा १ पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ ।

पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट सञ्चालन भएका बिक्रेतालाई दैनिक र निजीलाई हप्ताको एकपटक आपूर्तिको व्यवस्था गर्ने भएको हो ।

निगमले कोरोना भाइरसको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधनका चालक तथा सहचालकका साथै प्रत्येक ट्याङ्करलाई मानव बस्तीदेखि टाढा राख्ने प्रबन्ध मिलाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमले आफ्ना कर्मचारीलाई कोरोना सङ्क्रमणको पुष्टि भएमा १ लाख रुपैयाँ बराबरको बीमा व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाएको उपाध्यायको भनाइ छ । निगमले डिपो सञ्चालन एक तिहाइ कर्मचारीबाट गर्ने र बाँकी कर्मचारीलाई तयारी अवस्थामा राख्ने भएको छ । गोरखापत्र दैनिकबाट

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net