विराटनगर, बैशाख ११–मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलको पहलमा लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरिएको छ । सांसद मण्डलको पहलमा उनको निर्वाचन क्षेत्रका ३० जनालाई काठमाडौंबाट उद्धार गरि विराटनगर ल्याइएको हो ।
काठमाडौंमा विभिन्न काम गर्दै आएका उनिहरु लक डाउनका कारण अपलत्र परेका थिए । लक डाउन लम्बिँदै गएका कारण उनीहरुलाई खानबस्न समस्या भएपछी गाडी रिजर्भ गरेर उद्धार गरि ल्याइएको जनाइएको छ ।