१० असोज २०७८
वाग्मती प्रदेश कोरोना नियन्त्रण कोषलाई ५० करोडको बनाउने
March 31, 2020
11:23 am

वाग्मती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ ।प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कोषमा रु ५० करोड जम्मा गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको रु १० करोड रकममा शुरु भएको कोषलाई बढाएर रु ५० करोड पुर्‍याउन लागिएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बैठकले प्रदेशमा कोरोनाविरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दललगायतलाई समेत समेटेर अनुगमन समिति बनाउने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताए ।

बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भएगरेका गतिविधिका बारेमा जानकारी आदानप्रदान गराउन संयन्त्र बनाउने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा प्याड वेन्डिङ्ग मेसिन र फिल्टर जडान
विराटनगर पुष्पलाल चौकमा संविधान दिवसको अवसरमा दिप प्रजवलन
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन
काेराेना महामारिमा शिक्षककाे जीवन
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल
हात खालि न जाने आईपीओ निष्काशन
Purwanchal College of Science & Technology को एक परिचय
४ दिने भ्रमण सकेर अमेरिका फर्कदै फातिमा, एमसीसी पनि फिर्ता लग्दै
ताप्लेजुङमा ७२ सदस्यीय नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी गठन
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net