०६ माघ २०७७
प्रदेश सरकारको अगुवाईमा सिंघीया खोला सफाई महाअभियान सुरु (फोटो फिचर)
December 7, 2019
7:31 pm

विराटनगर, मंसिर २१–‘सिंघीया खोलाको सफाई अभियान हामी सबैको शान’ भन्ने नाराका साथ प्रदेश १ सरकारको अगुवाईमा सिंघीया सफाई महाअभियान सुरु भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको संयोजकन तथा विराटनगर महानगरपालिका, कटहरी, बूढीगंगा, ग्रामथान र जहदा गाउँपालिकासहित ५ स्थानीय तहको सहकार्यमा शनिबार देखि सो अभियान सुरु गरिएको हो ।

विराटनगर–३ पुष्पलाल चौकस्थित घिनाघाटबाट सुरु भएको अभियानको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतलगायतले खोलाको फोहोर संकलन गरेर थालनी गरेका छन् ।

सफाई अभियानमा विभिन्न संघसंस्था, नेपाल प्रहरी, नेपाल आर्मी, राजनीतिज्ञ तथा स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो ।अभियानको पहिलो दिन शनिबार घिनाघाटदेखि बुद्धचोक निस्कने बाटोसम्म करिब डेढ किलोमिटर सरसफाई गरिएको छ ।

सरसफाई पछि बोल्दै सामाजिक विकास मन्त्री घिमिरेले यसअघि जति फोहोर फ्याँकियो त्यसप्रति पश्चाताप गर्दै अगामी दिनमा फोहोर नफ्याँक्न अनुरोध गरे । सबैले आफ्नो वरपरको खोला, नदी सरसफाई गर्दै सुन्दर र सफा प्रदेश बनाउन प्रदेशबासी लाग्नुपर्नेमा उनले जोड दिए ।

खोलाको सीमांकन तथा ऐलानी र पर्ति जग्गा पहिचानका लागि नापी कार्यालय मोरङका अधिकृतको संयोजकत्वमा पाँच स्थानीय तहका अमिनहरु सदस्य रहने ६ सदस्यीय सीमांकन एवं नापजाँच समिति बनाइएको छ ।

त्यस्तै विराटनगर महानगरपालिकाका मेयर पराजुलीले अभियानका लागि विभिन्न समिति बनेको जानकारी दिँदै यो अभियानलाई कसरी दीर्घकालीनरुपमा लिएर जाने भन्ने बारेमा प्रदेश सरकारसँग छलफल गरेर अघि बढ्ने बताए ।

हरेक १५ दिनमा सञ्चालन गर्ने सरसफाई अभियान अब आगामी पुस ५ गते हुनेछ । सरसफाईका लागि मन्त्रालयले एक सय ७० जोर गम्बुट, एक सयवटा डोको, एक हजार पाँच सयवटा माक्स, पाँच सयवटा डिस्पोजेवल पञ्जा, खानेपानी, माइक तथा स्पिकरको व्यवस्था गरेको छ ।

महानगरपालिकाले सात सयवटा एप्रोन, एक सयवटा फोहोर तान्ने काँटा, २० वटा बेल्चा, २० वटा दविया, ५० वटा कचिया, २० वटा फोरुवा, २० वटा डस्बिन र २० पिस डोरी उपलब्ध गराएको छ । त्यस्तै संकलित फोहोर व्यवस्थापनका लागि फोहोर उठाउने र डम्पिङ साइडसम्म पुर्याउने सवारी साधनको व्यवस्था महानगरले गर्ने छ ।

कटहरीबाट दर्जनौँ संघ संस्था सहभागी
सफाई अभियानमा कटहरी गाउँपालिकाबाट दर्जन बढी संघ संस्थाले सहभागिता जनाएका छन् । कटहरी फाण्डेसनको संयोजनमा १३ वटा संस्थाहरुबाट खोला सफाई अभियानमा सहभागिता जनाएको नेकपा प्रदेश कमिटी तथा कटहरी फाउण्डेसनका सचिव मृत्युञ्जयकुमार झाले जानकारी दिए ।

उनले विराटनगर लगायत आसपासको फोहरमैलाले सिंघिया खोलाको अस्तीत्वनै समाप्त हुन लागेकाबेला प्रदेश सरकारको सामाजिक मन्त्रालय र मन्त्री जिवन घिमिरेको पहलमा सुरु भएको सो महा अभियानले प्रदुषणरहित सिंघिया खोला बन्ने बताए । उनले सिंघिय खोलाको सफाईमा आफुहरु पनि निरन्तर खटिने बताए ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net