२९ चैत्र २०७७
विराटनगरमा जुत्ता चप्पल व्यापार मेला सुरु, डेढ करोड कारोबार हुने अनुमान(फोटो फिचरसहित)
विराट टाईम्स संवाददाता
December 17, 2019
8:34 pm

विराटनगर, पुस १–प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्को तर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भईरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको बताएका छन् ।

स्वदेशी जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको जुत्ता चप्पल व्यापार मेलाको उद्घाटन गर्दै मंत्री कुसियतले स्वदेशी उद्योग स्थापना र प्रवद्र्धन गर्न प्रदेश सरकारले विशेष गृहकार्य गरिरहेको बताएका हुन् ।

‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित विराटनगर स्थित जैन भवनमा आयोजना गरिएको सो मेलामा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको मेला संयोजक तथा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

उनले नेपाली जुत्ता चप्पल उद्योगले मुलुकको करिब ६५ प्रतिशत बजार ओगटेको दावी गरे । उपाध्यायले विदेशी कच्चा पदार्थ आयात गरी विदेशी जुत्ता चप्पलसंग नै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली जुत्ता चप्पल केही महंगो हुने गरेको भएपनि गुणस्तरमा भने कुनै कमी नरहेको बताए ।

उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योग संघठन मोरङका अध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष नविन रिजाल लगायतले मेलाको सफलताका लागि शुभकामना दिएका थिए ।

मेलामा नेपालमा नाम चलेका चर्चि शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल राखिएको छ ।

मेलामा १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध हुनका साथै ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिने मेला संयोजक उपाध्यायले जानकारी दिए ।

उनले मेलामा जुत्ता चप्पल खरिद गर्न आउनेहरुलाई १५ देखी ६० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको बताए ।

एक महिना सम्म आयोजना गरिएको सो जुत्ता चप्पल व्यापार मेलामा १ करोड ५० लाख रुपैयाको कारोबार हुने अनुमान गरिएको छ । मेलाको पहिलो दिननै चुत्ता चप्पल खरिद गर्न आउने उपभोत्ताहरुको भिड लागेको छ ।

 

 

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी
प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ
दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड
थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता
नेपाल र रावल एमाले पार्टीबाट निलम्बित
अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय
नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप
मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित
तराईमा होली आज, हराउँदैछ मौलिकता
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net