विराटनगर, कात्तिक २३–मोरङ क्षेत्र नं. ५ बाट निर्वाचीत प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डललले कोशी अञ्चल अस्पतालको निरिक्षण गरि प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । कोशी अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको र विरामीलाई अन्यत्र ‘रेफर’ गर्ने गरिएको गुनासो बढेपछी अस्पतालमै पुगेर चिकित्सक र कर्मचारीहरुलाई सेवा प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
अस्पतालको निरीक्षणमा पुगेका सांसद मन्डल अस्पतालको वार्डमा समेत पुगेर चिकिसत्क र कर्मचारीसँग अस्पतालले बिरामीलाई दिँदै आएको सेवा र सुविधाका बारेमा जानकारी लिए । अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. गुणराज लोहनीले सांसद मन्डललाई अस्पतालको वर्तमान अवस्था चुनौती र सुधारका लागि गर्नु पर्ने कामका विषयमा जानकारी गराएका थिए ।
सांसद मण्डलले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लोहनीसँग अस्पतालको समस्या र सुधार गर्नुे पर्ने विषयमा छलफल गरे । उनले अस्पतालको दक्षिण गेट बन्ढ गरिएकोप्रती स्पष्टीकरण समेत मागेका छन् । सांसद मण्डलले अस्पतालको श्रोत साधन माथि पहुच र पावरवाला व्यक्तिहरुको हामी मुहाली गरिएको भन्दै तत्काल सच्याउन निर्देशन दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीको इन्चार्ज समेत रहेका मण्डलले अस्पतालका समस्या समाधान गर्न आफुले सरकारसँग पहल गर्ने बताउँदै अन्य व्यवस्थापकिय कामहरुमा अस्पताल प्रशासनले सुधार गर्नुपर्ने बताए ।
उनले सरकार कोशी अञ्चल अस्पताललाई सुविधा सम्पन्न र अत्याधुनिक बनान लागि परेको बताउँदै चिकित्सक र कर्मचारीका कमि कमजोरी सच्याएर जनतालाई सेवा दिन निर्देशन दिए ।