विराटनगर, असोज १९–मोरङको कटहरी गाउँपालिकामा युवाहरुले नगरको सरसफाई अभियानलाई अघि बढाएका छन् । स्वच्च, सफा र हरित नगरि बनाउन उनिहरुले परिवर्तनका लागि हातेमालो कटहरीको अगुवाइमा सो अभियानलाई अघि बढाएका हुन् । अभियान अन्तर्गत उनिहरुले कटहरी बजार सरसफाई गरेका हुन् ।
जनचेतना मुलक कार्यक्रम र सरसफाई अभियान अन्तर्गत कटहरी गाउँपालिका–३ वडा कार्यालयको संयुक्त आयोजनामा वडाध्यक्ष जद्धुलाल कामत समाजसेबी मृत्युन्जयकुमार झा, राधे कामत, परिवतनका लागि हातेमालो कटहरी अध्यक्ष संजित साह, विराटनगर अध्यक्ष विनोद परियार लगायत कटहरीका युवाहरुको सहभागिता रहेको थियो । सो अवसरमा वडा अध्यक्ष कामतले कोदालो २ थान,बेल्चा ४, कुचो १५ थान, फोहोर उठाउने ४ थान उपलब्ध गराएका छन् ।
फोहोर जथाभाबी नफालौँ , डस्विनमा राख्ने बानी बसासौँ, कटहरि बजार सफा राखौ जस्ता चेतना मुलक नारा सहित कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा हात हातमा मा झाडु बोकेर कटहरी बजार सरसफाई गरिएको थियो ।