विराटनगर, असोज १८-मन्टेश्वरीका माध्यामबाट वालवालिकालाई व्यहारिक र प्रयोगात्मक विधिबाट पढनपाठन गराउँदै आएको विराटनगर–१ पोखरिया स्थित किड्जी प्रीस्कुलले नेपालीहरुको महान पर्व वडादशैँका अवसरमा धर्म संस्कार र संस्कृतिका विषयमा व्यवहारिक ज्ञान दिएको छ ।
विभिन्न मौसम, चाडवाड, धर्म संस्कार, समाजिक कार्य, तथा नैतिक शिक्षा लगायतका विषयमा व्यवहारिक रुपमा मन्टेश्वरी पद्धतिबाट वालवालिकालाई शिक्षा प्रदान आएको विराटनगरकै उत्कृष्ट किड्जीले दशैँ पर्वका अवसरमा व्यवहारिक तथा प्रयोगात्मक ज्ञान दिएको हो ।
दशैँ पर्व सुरु भएको अवसरमा सो प्रि स्कुलले वालवालिकालाई दशैँ पर्वको महत्व र मनाइने विधिकाबारेमा नाटकका माध्यमबाट व्यवहारिक ज्ञान दिएको हो । सो अवसरमा स्कुल परिसरमा सवै कक्षा शिक्षक÷शिक्षिकाहरुले नव दुर्गा भवानीको रुप बनेर असत्य माथि सत्यको विजय कसरी हुन्छ भन्नेकुरा नाटक मार्फत प्रस्तुत गरेका थिए ।
लवालिकालाई उनिहरुकै शैलि र भाषामा दशैँ पर्वको महत्व र नवदुर्गा भवानीका वारेमा जानकारी गराइएको थियो । नाटकमा प्रस्तुत गरिएका विषयवस्तु विद्यार्थीहरुले ध्यान दिएर हेर्नुका साथै झुटो बोल्न नहुने र ढिलै भए पनि सत्यकै जीत हुनेकुरा बुझेको प्रिन्सीपल शोविका पाण्डेले जानकारी दिइन् ।
प्रिन्सीपल पाण्डेले जमराको महत्व र जमरा उम्रार्ने विधिकावारेमा समेत वैज्ञानिक तवरबाट सिकाइएको बताइन् । सो अवसरमा प्रिन्सीपल पाण्डेले स्कुलमा अध्ययनरत सवै विद्यार्थीलाई दशैँको टिका र जमरासमेत लगाइदिएकी थिएन् । व्यवहारिक र प्रयोगात्मक विधीबाट शिक्षा प्रदान गर्दै आएको सो स्कुलले भदौमा श्री कृष्ण जन्माष्टमीको महत्वका वारेमा सिकाइएको थियो ।
सो प्री स्कुलले जुनसुकै चाडवाड, धर्म संस्कृति, रिति रिवाज, दिवस, मौसम, सामाजिक कार्य लगायत सवै विषयमा वालवालिकालाई वालमैत्री वातावरणमा मनोरन्जनात्मक तरिकाले व्यहारिक र प्रयोगात्मक ज्ञान दिँदै आएको प्रिन्सीपल पाण्डेको भनाइ छ ।
यस्ता कार्यक्रमहरु मासिकरुपमा नियमित हुँदै आएको उनले जानकारी दिइन् । ४ वर्ष अघी देखि सञ्चालनमा आइएको र नर्सरीदेखी २ कक्षा सम्म पढाइहुने किड्जी विराटनगरमा अभिभावकहरुको पहिलो रोजाइ बन्दै आएको छ ।