विराटनगर, असोज १६–मोरङको रतुवामाई नगरपालिकामा युवाहरुले नगरको सरसफाई अभियानलाई अघि बढाएका छन् । स्वच्च, सफा र हरित नगरि बनाउन उनिहरुले युवा नागरिक सामाज रतुवामाईको अगुवाइमा सो अभियानलाई अघि बढाएका हुन् । अभियान अन्तर्गत उनिहरुले रतुवामाई नगरपालिकाको मुख्य चोक अमबाडी र शनिश्चरे(३नम्बर) बजार सरसफाई गरेका हुन् ।
युवा नागरिक सामाज रतुवामाईको अगुवाइमा युवाहरुले स्वतस्फुर्त रुपमा हातमा झाडु बोकेर बजार सरसफाई गरेका हुन् । उनिहरुले आमबाडी चोकदेखी शनिश्चरे बजार सम्मको फोहरमैला सफा गरि व्यवस्थापन गरेका हुन् । सो अबसरमा युवा नागरिक सामाज रतुवामाईका अध्यक्ष नारायणप्रसाद ताजपुरियाले हरित र सफा नगर बनाउने अभियान स्वरुप नगरभरी सरसफाई र वृक्षारोपण अभियानको सुरुवात गरेको जानकारी दिए ।
उनले स्थानीय व्यपारी एवम् व्यसायीले आफ्नो पसलको फोहरमैला आफै व्यवस्थापन गर्न आग्रह गरे । अध्यक्ष ताजपुरियाले नगरलाई सफा राख्ने दायीत्व सम्पूर्ण नगरवासीहरुको भएकाले जथाभावी फोहरमैला नगर्न आग्रह गरे । सरसफाईमा इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी सहायक निरिक्षकसहित प्रहरी टोलिको समेत सहभागिता रहेको थियो ।
सरसफाईमा स्थानीय सयौँ युवाहरु सहभागि थिए । केही समय अघि मात्र स्थापना भएको युवा नागरिक सामाज रतुवामाईले भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी, विभिन्न सामाजिक कार्य, स्थानीय विकास निर्माण सहयोग, सरसफाई, वृक्षारोपण कार्यक्रम गर्दै आएको छ । वेरोजगार युवाहरुलाई समाजको विकासमा साझेदार, समयको सदुपयोग र विकृति विसंगतिका विरुद्धमा आवाज उठाउनका लागि संस्था स्थापना गरिएको अध्यक्ष ताजपुरीयाले बताए ।