१० असोज २०७८
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
October 31, 2019
8:32 pm

विराटानगर, कात्तिक १४–संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघिय सरकारले देशभरका सवै स्थानिय तहमा भ्रष्टाचारमा लिप्त भएका जनप्रतिनिधिहरुलाई कारवाहीको दायरामा ल्याउन लागेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रतुवामाई नगर कमिटीले बिहिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पण्डितले देशभरका स्थानीय तहका ३० हजार भ्रष्टाचार सम्बन्धी मुद्धाका फायल अख्तियारमा रहेको बताउँदै दोषीउपर कानुन सम्मत तरिकाले कारवाही हुने दावी गरे ।

‘देशभरका स्थानीय तहहरुका ३० हजार मुद्धा अख्तियारमा छन् । कानुनी शासनको सुरुवात कम्युनिष्ट नेतृत्वको सरकारले गरेको छ । मेयर, उपमेयर, वडाध्यक्ष, कर्मचारी कोही उम्कन पाउने छैन ।’ उनले भने,‘सरकारले भ्रष्टाचारका दोषीहरुलाई कारवाही गेरेरै छाड्छ । यसमा तपाईहरुले चिन्ता लिनुपर्दैन । अहिले अख्तियारका दराज, कोठाहरु भ्रष्टाचारका फायलले भरिएका छन् । हलनै बनाएर फाइल राखेरै भएपनि कारवाहीबाट कोही छुट्दैनन् ।’

मन्त्री पण्डितले उपभोक्ता समितिहरुमा समेत विकृति देखिएकाले उपभोक्ता समितिहरुलाई समेत कारवाहीको दायरामा ल्याइ छाड्ने बताए । उनले देश अहिले विकासको तिब्र गतिमा अघि बढ्दै गएको बताउँदै साढे ४ हजार किलोमिटर सडक, चिनियाँ रेल काठमाडौं हुँदै लुम्विनि सम्म, जोगवनी किमा थान्का सडक निर्माणको कार्य अघि बढेको जानकारी दिए । उनले भने,‘दुलोमा लुकेर भुक्नेहरु भुकि रहन्छन् । यही सरकारले मुलुकलाई विकासको गतिमा अघि बढाउँदै लान्छ ।’ उनले भने,‘यतिबेला हाम्रो विकासको दर चिन र भारत भन्दा बढी छ ।’

उनले सरकारले ताराई मधेशको विकासलाई जहिल्यै उपेक्षा गरेको वारम्बार गुनासो आएपछी आफ्नै पहलमा तराई मधेशको विकासका लागि तराई मधेश समृद्धि कार्यक्रम लागु भएको जानकारी दिँदै सो कार्यक्रम मार्फत तराई मधेशका २१ जिल्लामा विपन्न तथा सुकुम्वासीका लागि आवास, कल्भर्ट, सामुदायीक भवन, बर्थिङ सेन्टर, सडक, पुल निर्माणलगायतका कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले सो कार्यक्रम मार्फत तराई मधेशका २१ जिल्लामा गत आर्थिक वर्षमा साढे ५ अर्ब र चालु आर्थिक वर्षमा मात्र साढे ७ अर्ब बजेट बिनियोजन भएको जानकारी दिए । सो बजेटबाट चालु आर्थिक वर्षमा ४ अर्बको सडक, ९५ करोड खानेपानीमा, कृषि क्षेत्रका लागि सिँचाइमा १ अर्ब र मन्त्राले अन्तर्गत ६० लाखमा विभिन्न सामुदायीक भवन, बर्थिङ सेन्टर, गरिब आवासलगायतका काम हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले आफ्नो पार्टी नेतृत्वको सरकारको प्रमुख एजेण्डा शान्ति शुसासन कायम गराउने रहेको बताउँदै जतिसुकै ठुला अपराधी भएपनी कानुनी कढगरामा उभ्याएर छाड्ने बताए । उनले भने,‘नेपालको इतिहासमा अहिले सम्म राजनितिक आडमा ठुलै अपराधीहरु पनि बभ्दै आएका थिए । आफ्नै पार्टीका नेता किन नहुन् । गलत काममा कारवाही गरेरै छाड्छ, विधिको शासन स्थापित गरेरै छाड्छ, यसको सुरुवात भइसकेको छ ।’

सो अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले सो निर्वाचन क्षेत्र अन्तर्गत रतुवामाई र सुनवर्षी नगरपालिकाको नेतृत्व नेपाली कांग्रेसले जितेपछी अन्य पार्टी र समर्थकलाई बाइपास गरेर हिड्न खाजेको अरोप लगाए । उनले भने,‘यो निर्वाचन क्षेत्रमा २ स्थानीय तहको नेतृत्व कांग्रेसले जितेको छ । अरु कुरामा हामीलाई सोध्नु परेन ? भन्न परेन ? जब जवाफदेहीताको कुरा आउँछ अनि मात्र देख्ने ?’

अध्यक्ष पोखरेलले ति स्थानीय तहका मेयरहरु साझा बन्न नसकेको बताउँदै स्थानीय विकास निर्माणमा विभेद गर्ने गरेको आरोप लगाए । उनले भने,‘हाम्रो ठाउँको विकास साझा ढंगले गर्नुपर्छ । यहाँ साथिहरु एक्लै दौडिने भन्दै हिँडेका छन् । अरुलाई उपेक्षा गरेका छन् । एक्लै हिँड्न खोजे यहि बक्राह त के होली सम्म पनि पुगिँदैन । राजनिती निर्वाचनका वेला मात्र हो, तर विकास निर्माणका चाहीँ साझा एजेण्ड बनाउनुपछ्र्र ।’

संविधानसभा सदस्य र मोरङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पेखरेलले निर्वाचनमा हारजित सामान्य कुरा भएकाले आफ्नो पार्टी निर्वाचनमा पराजित भएपनी केन्द्र र प्रदेशमा २ तिहाइको सरकार भएकाले सो क्षेत्रको विकासका लागि आफुहरु निरन्तर लागि परेको बताए ।

उनले भने,‘संघ र प्रदेशमा हाम्रै पार्टीको दुइ तिहाइको सरकार छ । हामी लोकन्त्रमा विस्वास गर्ने कार्यकर्ता भएको हुँदा हिजोको निर्वाचन परिणाम ख्याल नगरि यहाँको विकास निर्माणलाई हामी उत्तिकै चासो राखेर लोगेका छौ । यो क्षेत्र आफैमा शक्तिशालि क्षेत्र पनि हो । नेकपा जिल्ला अध्यक्ष र सचिव हामी यहाँकै छौँ । जिम्मेवारहरुले साथ लिए पालिका र निर्वाचन क्षेत्रलाई थप विकासका पहल कदमीहरुमा आवश्यकता ठाने साथ दिन तयार छौँ । एक्लै हिँडे पाइला चालेर होली सम्ममात्र पुग्ने हो, साझा बनाए यो प्रदेशकै समृद्ध क्षेत्र र नगरपालिका हुन समय लाग्दैन ।’

अध्यक्ष पोखरेलले अफुहरुकै पहलमा सो क्षेत्रमा १ अर्ब भन्दा बढी बजेटका योजना ल्याएको, सुकुम्वासीहरुका ७ सय घर निर्माण, झुर्किया अस्पतालमा कर्मचारी व्यवस्थापन, हुलाकी सडकसहित रतुवापुल सुचारुको पहल, बरडंगा र गोविन्दपुरमा झोलुंगेपुल निर्माण लगायतका पहलहरु भएको जानकारी दिए । कार्यक्रममा प्रदेश कमिटी सत्यनारायण चौधरी, नेकपा मोरङका सचिव गणेश उप्रेती ‘शुशिल’ जिल्ला कमिटी, स्थानीय कमिटीहरु, विभिन्न दलका प्रतिनिधिहरु, जनप्रतिनिधि लगायत स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिीती रहेको थियो ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा प्याड वेन्डिङ्ग मेसिन र फिल्टर जडान
विराटनगर पुष्पलाल चौकमा संविधान दिवसको अवसरमा दिप प्रजवलन
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन
काेराेना महामारिमा शिक्षककाे जीवन
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल
हात खालि न जाने आईपीओ निष्काशन
Purwanchal College of Science & Technology को एक परिचय
४ दिने भ्रमण सकेर अमेरिका फर्कदै फातिमा, एमसीसी पनि फिर्ता लग्दै
ताप्लेजुङमा ७२ सदस्यीय नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी गठन
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net