२४ फाल्गुण २०७७
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
October 26, 2019
3:33 pm

विराटनगर, कात्तिक ९–सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको गृह जिल्ला आएसँगै व्यस्तता बढेको छ । वहालवाला मन्त्रीमा सवै भन्दा बढी गृहजिल्ला र निर्वाचन क्षेत्र पुगी जनताका पिरमर्का बुझ्ेर जनताको मन जित्दै आएका मन्त्री पण्डित यतिवेला मोरङमा छन् । गृह जिल्ला आएसँग पार्टी तथा विभिन्न कार्यक्रममा सहभागिता जनाउन उनको व्यस्तता बढेको हो ।

शनिबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितले विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त, छठीमाताको मन्दिर एवं सामुदायिक भवनको आज शिलान्यास गरेका छन् । सो अवसरमा बोल्दै उनले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त, छठीमाताको मन्दिर एवं सामुदायिक भवनको आज शिलान्यास गर्दै उनले संस्कृति र धर्म हाम्रो परम्परा हो, यसको जगेर्नाबाट नै समाजलाई एकतामा बाँध्न सकिने कुरामा जोड दिए ।

उनले नवनिर्माण हुने बहुतले सामुदायिक भवनको गुणस्तरीयतामा कमी आउन दिन हुँदैन भन्दै यो भवन हाम्रो धार्मिक र सामाजिक आस्थाको धरोहर हुने चर्चा गरे । उनले स्थानीय जनताले उत्साहका साथ मन्दिर निर्माणमा तीव्रता दिन आग्रह गर्दै सङ्घीय सरकारले आवश्यक थप बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिए ।

मन्त्री पण्डितले स्थानीय जनताका सहयोगले निर्माण हुन भवनबाट यस क्षेत्रका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक कार्यमा सहयोग गर्न तीन तहको सरकारको सहयोग रहने बताउँदै समाजको विकासका लागि सबैको साझेदारी आवश्यक रहेको धारणा व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिका बनाउने कार्यमा सबैको साझेदारीबाट नै अबको केही महीनाभित्र सार्थक परिणाम आउने चर्चा गरे । सांसदद्वय अमनलाल मोदी र खेम नेपाली, प्रदेशसभा सदस्य सावित्री रेग्मी, समाजसेवी पङ्कज बर्मा, बाबुराम कार्कीलगायतले जनघनत्व वृद्धिसँगै सबै क्षेत्रमा सामाजिक कार्यका लागि सामुदायिक भवन निर्माण गर्नुपर्ने बताए ।

समाजसेवी पङ्कज बर्माले दुई लाख ५१ हजार र भवन निर्माण समितिका संयोजक धीरेन्द्र कर्णले सामुदायिक भवन निर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने जानकारी दिए । विराटनगर–२ स्थित दुई कठ्ठा जग्गामा निर्माण गरिने दुईतले मन्दिरमा दुई सभाहलसहित पाँचवटा कोठा रहनेछन् । दुई वर्ष्भित्र मन्दिर एवं सामुदायिक भवन निर्माण सम्पन्न गर्नका लागि दुई करोड रकम लाग्ने अनुमान रहेको छ ।

सङ्घीय सरकारको तराई–मधेश समृद्धिअन्तर्गत सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत हाल २५ लाख र प्रदेश सरकारले रु पाँच लाख रुपैयाँ प्रदान गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिट्री सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । त्यस्तै मन्त्री पण्डितले विराटनगर सिंघिया खोला स्थित परोपकार घाटको अवलोकन भ्रमण गरी किरियापुत्रि भवनको शिलान्यास गरेका छन् । मन्त्रालयले सो भवन निर्माणकाच लासग चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

सो अवसरमा मन्त्री पण्डितले किरियापुत्रि भवन निर्माणका साथै नदी नियन्त्रण समेत गरिने जानकारी दिए । मन्त्री पण्डितले शनिवारनै पार्टीका कार्यकर्ता तथा नेकपा बुढीगंगा गाउँपालिका–४ का अध्यक्ष मो. हस्मुद्धिनका पिता मो. अब्दुल मियाँ को निधनमा शोकमग्न परिवारलाई भेटेर संवेदना व्यक्त गरेका छन् । मियाँको हृदयघातका कारण अचानक निधन भएको थियो । उनको निधनको खवरले आफुलाई दुखि र मर्मााहत बनाएको भन्दै मन्त्री पण्डितले परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।

त्यस्तै उनले सुन्दर हरैँचा नगरपालिकाका पर्टीका स्थानीय अगुवा तिलक परियारको पनि आमाको निधनमा पनि घरैमा पुगेर संवेदना प्रकट गरेका छन् । मन्त्री पण्डितले शुन्दरहरैचा स्थित हातेमालो बहुदेश्यी सहकारी संस्थाको साधारणसभा समेत उद्घाटन गरेको नेपकपा प्रदेश कमिटि सदस्य चौधरीले बताए ।

माधव नेपाल समूह एमालेमै फर्किने, अब एमाले र माओवादी अलग–अलग
प्रदेश १ सरकारद्वारा अन्तराष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित
यसरी ब्युँतियो विराटनगरमा नेकपा (एमाले) मोरङको पार्टी कार्यालय
करेन्ट लागेर सह–चालकको मृत्यु
नेपालको राजनीतिमा महिलाको उच्च सहभागिताले विश्वमै उदाहरणीय कदम सावित : प्रधानमन्त्री ओली
आज केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने
सभामुखले बैठक सुरु गर्न ढिलाइ गरेपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली
प्रधानमन्त्रीका सल्लाहकारले भने– हामी अब ०७५ जेठ २ को अवस्थामा फर्केका छौँ
प्रचण्डको षडयन्त्र र माधवको कुण्ठा पराजित
सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net