२० फाल्गुण २०७७
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
October 8, 2019
2:37 pm

काठमाडौं, असोज २१–प्रधानमन्त्री केपी ओलीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास गर्नुपर्ने बताएका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रि«य अभियान पूरा गर्ने अभियानमा सरकार रहेको बताएका छन् ।

प्रधानमन्त्रीको शुभकामना सन्देश
‘दिदीबहिनी तथा दाजुभाइहरु,
हामी नेपालीहरुको महान र परम्परागत चाड बडादसैंको उपलक्ष्यमा यहाँहरु सबैमा अर्थात् देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु । दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरुका बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो । यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ । भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता छ ।

यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौँ । परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस् । यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

चाडहरु बढी खर्चालु नहून् । हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ । यसमा पनि ध्यान दिन जरुरी छ । आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौँ । यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नु छ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रि«य आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दसैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस् । म यस बडादशैँका अवसरमा शुभकामना व्यक्त गर्दछु । धेरै धेरै शुभकामना ।’

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न राजश्व कार्यालयको आग्रह
कटहरी गाउँपालिकामा बजेटको दुरुपयोग, जेष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधि र कर्मचारी गरे भ्रमण
म्यानमारमा सेनाले चलायो प्रदर्शनकारीमाथि गोली, ६ जनाको मृत्यु
प्रचण्ड-माधव समूहले गर्‍यो सुवास नेम्वाङसहित ओली पक्षीय सात नेतालाई निलम्बन
प्रदेश १ मा प्रदेशसभा बैठक फेरि सारियो, अर्को बैठक २ चैतमा
‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
पशुपतिनाथमा विशेष पूजा फागुन २५ देखि सुरु हुने
योगेश भट्टराईको नेतृत्वमा ताप्लेजुङका अग्निपीडितले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुनवर्षीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ जना घाईते
भरतमोहन अधिकारीको दोस्रो स्मृती दिवसका अवसरमा १ सय २५ जना जेष्ठ नागरिक सम्मानित
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net